लगातारको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका-८ लाहुरे खोच डुम्रीबोटेमा सप्तकोसी नदीको तटबन्ध फुटेको छ।
तटबन्ध फुटेर कोसीको पानी बस्तीमा पसेपछि अहिले मानिसहरू सुरक्षित स्थानतिर लागेका छन्।
स्थानीयहरू घरमा पालेका राँगा-भैंसी, सुँगुरलगायत चौपायासहित झिटीमिटी बोकेर हिँडिरहेका छन्। डुबानमा फसेकाहरूलाई सुरक्षाकर्मीहरूले उद्धार गरिरहेका छन्।
कोसी यसअघि २०४५ सालअघि बग्दै आएको आफ्नो पुरानै धार फर्किएको छ। ४५ सालको भुकम्पअघिसम्म कोसी यही क्षेत्र भएर बग्ने गर्थ्यो।
बस्ती गाउँ पसेपछि उदयपुरको बेलका नगरपालिकाका १, २, ३, ८, ९ वडा तथा सुनसरीको बराहक्षेत्र नगरपालिका-६ र सप्तरीको केही क्षेत्र डुबानमा परेका छन्।
हेर्नुहोस् तस्बिरहरू