अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी एक जना सांसदको सवारी दुर्घटनामा मृत्यु भएको छ।
समाचार संस्था रोयटर्सका अनुसार इन्डियाना राज्यबाट रिपब्लिकन पार्टीकी सांसद रहेकी ज्याकी वालोर्स्कीको बुधबार भएको सवारी दुर्घटनामा मृत्यु भएको हो।
इन्डियाना राज्यमै भएको उक्त दुर्घटनामा ५८ वर्षीया वालोर्स्कीसहित उनका दुई जना कर्मचारीहरूको पनि मृत्यु भएको छ। उनीहरू चढेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको थियो।
अमेरिकी राष्ट्रपति जो बाइडेनले वालोर्स्कीको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।