यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले बौद्धमा 'फोटो बुथ तथा क्विज' मनाएका छन्।
अमेरिकी राजदूतावासको सहयोगमा युनिटी फर चेन्जले फोटो बुथ कार्यक्रम आयोजना गरेको हो।
गाईजात्राको अघिल्लो दिन समुदायले उक्त कार्यक्रम मनाएका हुन्।
कार्यक्रममा फोटो बुथसँगै सप्तरंगी बेलुन, झण्डा थिए। बौद्धमा घुम्न आउने व्यक्तिहरूले उनीहरूसँग तस्बिर खिचेका थिए। साथै समुदायले गाईजात्राको दिन पनि विशेष कार्यक्रम गर्ने बताएको छ।
कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाहेक समर्थकहरूको पनि उपस्थिति थियो। कार्यक्रममा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकार उत्थानका लागि अमेरिकी विशेष दूत जेसिका स्टर्नले फोटो बुथको अवलोकन गरेकी थिइन्।
तस्बिरहरू: