भारतीय अर्बपति राकेश झुनझुनवालाको आइतबार निधन भएको छ। ६२ वर्षीय झुनझुनवालाको आइतबार ब्रिच क्यान्डी अस्पतालमा निधन भएको स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएको छ।
सेयर मार्केटमा लगानी गरेर पैसा कमाएमा झुनझुनवालालाई भारतका वारेन बफेट पनि भनिन्थ्यो।
पछिल्लो समय उनले आकाश एयर नामको एयरलाइन्स कम्पनी खोलेका थिए। उक्त कम्पनीले अगस्ट महिनाको सुरूदेखि भारतीय आकाशमा उडान भर्न थालेको थियो।
सन् १९६० मा हैदरावादमा जन्मिएका झुनझुनवालाले सेयर मार्केटमा लगानी गरेर आफ्नो सम्पत्ति बढाएका थिए। उनको सम्पत्ति अहिले ५.८ अर्ब डलर छ।
झुनझुनवालाको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दु:ख व्यक्त गरेका छन्।