पोल्याण्ड र जर्मनीको सीमामा बग्ने ओडर नदीमा हजारौं माछा रहस्यमय तरिकाले मरेका छन्। विषाक्त पदार्थका कारण हजारौं माछा तथा जलचर मरेको बीबीसीले जनाएको छ। नदीको पानी परीक्षण गर्दा समेत विषाक्त रसायन के हो भन्ने अझै पत्ता लागेको छैन।
पानीमा विषाक्त रसायन मिसिएका कारण उत्पन्न हुनसक्ने सम्भावित प्रकोपप्रति दुबै सरकारले आफ्ना जनतालाई सचेत गराएका छन्।
यो समस्या समाधान गर्न नसकेको भन्दै पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराबियस्कीले वातावरण क्षेत्रमा काम गर्ने केही अधिकारीलाई जिम्मेवारीबाट निष्कासन गरेका छन्।
यता जर्मनीका वातावरण मन्त्री स्टेफी लेम्कीले नदीमा अत्याधिक रसायनिक फोहोरको मिश्रण हुँदा जलचर मरेको बताएका छन्।
यसको समाधानका निम्ति वृहत अनुसन्धानको थालनी हुने उनको भनाइ छ। ओडर नदीमा ४० प्रजातिका माछा पाइन्छ।