नेपाली कांग्रेसका नेता एवं संघीय सांसद प्रदीप गिरिको पार्थिव शरीर अहिले अन्तिम श्रद्धाञ्जलीका लागि कांग्रेस मुख्यालय सानेपामा राखिएको छ।
गिरिलाई श्रद्धाञ्जली दिन अहिले नेता, कार्यकर्तादेखि आफन्त तथा शुभचिन्तकको पार्टी कार्यालयमा ठूलो भिड छ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले गिरिको पार्थिव शरीरमा पार्टी झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे।
विभिन्न दलका शीर्ष नेता तथा सयौं कांग्रेसी कार्यकर्ता गिरिलाई श्रद्धाञ्जली व्यक्त गर्न पार्टी कार्यालय परिसरमा भेला भएका छन्। यसअघि गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि मेडिसिटी अस्पताल राखिएको थियो।
आजै उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने तयारी छ।
नेता गिरिको उपचारका क्रममा गएराति नेपाल मेडिसिटी अस्पतालमा ७५ वर्षको उमेरमा निधन भएको थियो।