काठमाडौं महानगरपालिकाले अनुमति विना बनाएका व्यापारिक संरचना हटाउन सुरू गरेको छ। भवन निर्माण गर्ने क्रममा भुइँतलामा पार्किङका लागि भनेर गरिएको नक्सा पास अनुसार काम नभएपछि महानगरले खाली गराउन थालेको हो।
यसै क्रममा सोमबार महानगरको टोली न्यूरोडस्थित सुरज आर्केड पुगेर त्यहाँको अवलोकन गरेको छ। यसअघिनै पटक पटक समय दिएर सूचना निकाले पनि व्यापारीहरूले अटेरी गरेपछि महानगरको टोली पुगेको हो।
ब्यापारीहरूले समय मागेपछि आज पुनः महानगरले २४ घन्टाको समय दिएर फर्किएको छ। महानगर फर्किएपछि ब्यापारीहरूलाई आफ्नो सामान सम्हाल्न हतारो परेको छ।
हेर्नुहोस् तस्बिरमा