काठमाडौंमा रहेका यौनिक तथा लैंगिक अल्पसंख्यक महिलाहरूले पनि तीज पर्व मनाएका छन्। नीलहिरा समाज (ब्लु डाइमन्ड सोसाइटी) को अगुवाइमा यौनिक तथा लैंगिक अल्पसंख्यक महिलाहरूले तीज पर्व मनाएका हुन्।
काठमाडौंको गैरीधारास्थित एक पार्टी प्यालेसमा उनीहरूले नाचगान गरी तीज मनाए।
लैंगिक तथा अल्पसंख्यक समुदायका व्यक्तिहरूले पनि तीज मनाउन पाउनुपर्छ भन्दै विगत एक दशकदेखि नीलहिरा समाजले कार्यक्रम आयोजना गर्दै आएको छ।
विवाहिता समलिंगी, तेस्रोलिंगी, पारलैंगिक महिलाहरूले जीवनसाथीको सुस्वास्थ्य र प्रगतिको कामना गर्दै र अविवाहितले योग्य जीवनसाथी पाऊँ भनेर तीज पर्व मनाएको बताए।
'समलिंगी, तेस्रोलिंगी माथि हुँदै आएको विभेद, दुर्व्यवहारविरूद्ध आवाज उठाउने अरू पर्व नभएकाले तीजलाई सुखदुःख साटासाट गर्ने अवसरका रूपमा मनाउन थालिएको हो,' नीलहिरा समाजकी अध्यक्ष पिंकी गुरुङले बताइन्।
यो पनि पढ्नुहोस्- 'अशुभ हुन्छ भन्दै हामीलाई मन्दिरको मूर्ति पुज्न दिइँदैन'
हेर्नुहोस् तस्बिरहरूः