काठमाडौंको कालिमाटी-टेकु सडकखण्ड अत्यधिक सवारी चाप हुने ठाउँमध्ये पर्छ।
दैनिक हजारौं सवारीसाधन आवतजावत गर्ने उक्त सडकमा जाम सामान्य नै जस्तो हुन्छ। कालिमाटी र टेकु जोड्ने विष्णुमती नदीमाथि रहेको पुलमा सधैं जसो जाम पर्छ।
जाम कम गर्ने उद्देश्यले उक्त पुलसँगै अर्को पुल बनाइएको छ। तर उक्त सञ्चालनमा छैन।
मापदण्डविपरीत असुरक्षित किसिमले बनाइएको र जुनसुकै बेला दुर्घटना निम्तिन सक्ने भन्दै सडक विभागले उक्त पुल सञ्चालनमा रोक लगाएको हो। निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सनलाई पुल भत्काउन निर्देशन दिए पनि यो बेवारिसे भएर बसेको छ।
यस्तै काठमाडौंको तीनकुनेस्थित बागमती नदी पार गर्न बन्दै गरेको एउटा पुल पनि अधुरै रहेर अलपत्र परेको वर्षौं भइसक्यो। दुईतर्फी १७० मिटर फराकिलो बागमती पुल बनाउन पारित भएको डिजाइनअनुसार निर्माण अघि नबढाई निर्माण कम्पनीले गम्भीर लापरबाही गरेपछि सरकारले काम रोकेको थियो।
निर्माणमा भएको त्रुटि सच्याएर काम अघि बढाउन निर्देशन दिए पनि कम्पनीले अटेर गरेपछि २०७६ मंसिरमा पप्पुसँग भएको सम्झौता रद्द भएको थियो। उक्त पुल पनि बेवारिसे भएको छ।
हेर्नुहोस् काठमाडौंका अलपत्र पुलका तस्बिरहरूः