काठमाडौंको विशेष उत्सव येँया पुन्ही अर्थात् इन्द्रजात्रा आउँन झन्डै एक महिना बाँकी छ। बृहस्पति विद्या सदनले भने स्कुल परिसरमै शुक्रबार इन्द्रजात्रा मनाएको छ।
स्कुले विद्यार्थीहरू लाखे, कुमारी, गणेश, पुलुकिसी (सेतो हात्ती), महाकाली, देवदेवी लगायत बनेका थिए। केहीले नेवाः समुदायको लुगा लगाएर जात्रामा रथ तान्दै, नाचगान गर्दै हिँडिरहेका थिए। इन्द्रजात्राको रथ तानेको, स्वेत भैरवबाट रक्सी खुवाइएको लगायत दृश्य त्यहाँ देख्न सकिन्थ्यो।
बृहस्पति विद्या सदनको अनुसार स्कुलको पाठ्यक्रममा नै यस विषयमा पढाई हुन्छ। पढाईलाई व्यवहारिक रूपमा देखाउन र विद्यार्थीहरूलाई ज्ञान र मनोरञ्जन दिन उक्त कार्यक्रम स्कुलमा गरिएको हो।
काठमाडौं उपत्यकामा इन्द्रजात्राको रौनक भने यही भदौ २४ गतेबाट देख्न सक्नुहुन्छ। आठ दिनसम्म चल्ने जात्रामा विभिन्न सांस्कृतिक गतिविधीहरू हुन्छन्।