आफ्ना सवारीसाधन, कलकारखानामा प्रयोग गरिने धातु जन्य उपकरण, औजार आदिको पूजा गरी आज विश्वकर्मा पूजा मनाइँदै छ।
हरेक वर्ष असोज १ गते यो पर्व मनाइँदै आइएको छ। कालिगडले विभिन्न फलामे औजार र कलाकारखानाहरुको पूजाआजा गरेर बिश्वकर्मा पूजा गरी मनाएका छन् ।
आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ ।
आज काठमाडौंको भद्रकाली, संकटा लगायतका मन्दिरमा भक्तजनहरुको भीड लागेको छ । यसैबीच काठमाडौंको भद्रकालीमा सवारी साधन पूजा गर्नेको भीड छ।
हेर्नुहोस् तस्बिरमा