काठमाडौं महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैंक नजिकै खोतल्दा टुकुचा खोला फेला पारेको छ।
शनिबार महानगरले टुकुचा खोला पत्ता लगाउन डोजर लगेर खोतलेको हो। सोहि क्रममा १०-१२ फिट तल टुकुचा खोला फेला परेको महानगरले जानाएको छ।
खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको महानगरले जनाएको छ।
महानगरले केही समय पहिले खोलाको बहाब क्षेत्र पत्ता लगाउन सूचना जारी पनि गरेको थियो।
बिहीबार जय नेपाल हलको कम्पाउन्डमा टुकुचा खोला फेला परेको थियो।
महानगरले पछिल्लो समय टुकुचा खोलाको बहाब क्षेत्र पत्ता लागाइ फेला पार्ने अभियानै संचालन गरि काम गरिरहेको छ।
तस्बिरहरू:
/tukucha%20laxmi%20bank%20(1).jpg)
/tukucha%20laxmi%20bank%20(2).jpg)
/tukucha%20laxmi%20bank%20(3).jpg)
/tukucha%20laxmi%20bank%20(4).jpg)
/tukucha%20laxmi%20bank%20(5).jpg)
/tukucha%20laxmi%20bank%20(6).jpg)
/tukucha%20laxmi%20bank%20(7).jpg)
/tukucha%20laxmi%20bank%20(8).jpg)
/tukucha%20laxmi%20bank%20(9).jpg)
/tukucha%20laxmi%20bank%20(10).jpg)
/tukucha%20laxmi%20bank%20(11).jpg)
/tukucha%20laxmi%20bank%20(12).jpg)