थारू समुदायले आज जितिया पर्व मनाउँदै छन्। थारू समुदायका महिलाहरूले तीन दिनसम्म मनाउने यो पर्वको आज (उपवास) व्रतको मुख्य दिन हो।
थारू समुदायले मनाउने प्रमुख चाडमध्येको जितिया पर्व आश्विन कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ।
जितिया पर्वको अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाउने परम्परा छ। वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वी महिलाहरुले मनाउने तिज जस्तै थारु समुदायमा पनि जितिया पर्वलाई अविवाहिताले राम्रो वर पाउन र विवाहिताले आफ्नो श्रीमान र सन्तानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा रहेको छ।
व्रतालु महिला आज बेलुकीपख पुनः खोला, नदी तथा तलाउमा गई पिनाले नुहाएर पातमा पिना बगाउँछन् । त्यसपछि साँझपख सबै व्रतालुहरु जम्मा भएर कथा श्रवण गर्ने प्रचलन रही आएको छ।
हेर्नुहोस् तस्बिरहरू