दसैं नजिकिएसँगै न्युरोड-असन बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ।
शनिबार राजधानीका मुख्य बजार असन, इन्द्रचोक, सपिङ मल तथा खुला बजारमा किनमेल गर्नेको घुँइचो लागेको हो।
खाद्यान्न, लत्ताकपडा, गरगहना, मरमसलालगायत किनमेल गर्न आउने ग्राहकहरूको चाप बढेको हो।
यस्तै काठमाडौंको अत्यधिक भिड हुने न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण (यात्रुवाहक, मालवाहक तथा निजी) चारपाङ्ग्रे सवारी साधनलाई शनिबारबाटै खुलामञ्चमा पार्किङको व्यवस्था समेत गरिएको छ।
असोज ८ गतेदेखि फूलपातीसम्म उक्त व्यवस्था लागू गरिएको हो।
ट्राफिक प्रहरीले तोकिएको मिति र समयसम्म धैर्य गरी ट्राफिक व्यवस्थापनमा सहयोग गरिदिन आग्रहसमेत गरेको छ।