दसैं नजिकिँदै गर्दा मानिस र सवारीसाधनको भिडभाड मध्यनजर गर्दै महानगरीय ट्राफिक महाशाखाले खुलामञ्चमा पार्किङ व्यवस्था गरेको बताएको छ।
महाशाखाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चारपांग्रे सवारीसाधनलाई न्युरोड क्षेत्रमा प्रवेश निषेध गर्ने र खुलामञ्चमा पार्किङ व्यवस्था गरिएको बताएको थियो।
शनिबार बिहान १० बजेदेखि उक्त नियम लागू भए पनि न्युरोड क्षेत्रमा शनिबार दिउँसो अत्यधिक सवारी चाप थियो।
चारपांग्रे यात्रुवाहक तथा निजी सबै सवारीलाई खुलामञ्चमा पार्किङ गर्न भनिए पनि नियम लागू भएको देखिएन। किनमेल गर्न आएका मानिसहरूको अत्यधिक भिडभाडका बीच पनि चारपांग्रे सवारीको चाप उत्तिकै देख्न सकिन्थ्यो।
फूलपातीका दिनसम्मका लागि भन्दै ट्राफिक प्रहरीले उक्त नियम लगाएको आफ्नो बताएको छ।
हेर्नुहोस् शनिबार दिउँसो न्युरोड क्षेत्रमा देखिएको सवारी चापका केही तस्बिरहरूः