काठमाडौं महानगरपालिकाले आजबाट पर्व लक्षित बजार अनुगमन सुरू गरेको छ।
मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायतका क्षेत्रमा महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा बजार अनुगमन भएको हो।
बजार अनुगमनमा ३ वटा समूह परिचालन भएको थियो।
संघ तथा प्रदेश कार्यालयहरु सहभागी भएको अनुगमनका क्रममा सुलभ पसल, तरकारी बजार, माछा मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत अनुगमन गरेको थियो।
हेर्नुहोस् तस्बिरहरू