हिन्दु नेपालीहरूको महान् पर्व दसैंले छोइसकेको छ। कामको शिलशिलामा देश विदेशका विभिन्न ठाउँमा पुगेकाहरू दसैंका बेला आफ्नो घर गाउँ फर्किन्छन्। यतिबेला सहर छोडेर गाउँ फर्किनेहरूको लर्को देखिन्छ।
धेरै मानिसहरू दसैं मनाउन आफ्नो गाउँघर फर्किरहेका बेला केही भने यही नै बेला देश छोड्ने बाध्यतामा छन्।
शुक्रबार दसैंको पाचौं दिन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदेशिनेहरूको लर्को देखिन्थ्यो। अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वारमा आ-आफ्नो कागजपत्र र सुटकेस बोकेकाहरूको लामो लाइन थियो। तीमध्ये धेरै जना चाडबाडको मुखमा आफन्तसँग छुट्टिनु पर्दाको पीडामा देखिन्थे।
कोही टीका र आशिर्वाद बोकेर वैदेशिक रोजगारीमा जाँदै थिए भने कोही आफ्ना छोरा-छोरीसँग दसैं मनाउन विदेश जानेहरू थिए।
हेर्नुस् तस्बिरहरू: