ललितपुरको खोकनाका स्थानीय बासिन्दाले प्रत्येक वर्ष दसैंको साटो ‘सिकाली पर्व’ मनाउँदै आएका छन्।
यस पर्वमा हिन्दु धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच तथा संगीत प्रदर्शन गरिन्छ।
दसैंको अवधिभर मनाइने यो जात्रामा आफन्त तथा साथीभाइलाई बोलाएर खुवाउने, नाचगान तथा जात्रा देखाउने हुन्छ।
जात्राको छैठौं दिन शनिबार सिकाली मन्दिर परिसरमा देवगणहरूले नाचगान र परिक्रमा गरेका थिए। यो नृत्य सातौं दिन अर्थात् फूलपातीको दिन पनि गरिनेछ।
खोकनाबासीहरू सिकाली जात्रा दसैं जत्तिकै महत्वपूर्ण भएकाले दसैं नमनाएको बताउँछन्।
तस्बिरहरू: