काठमाडौं महानगरपालिकाले थापाथलीस्थित एक संस्थाको भवनमा डोजर चलाएको छ।
सार्वजनिक जग्गामा निर्माण गरिएकाले ओम शान्तिको उक्त भवनमा डोजर चलाएको काठमाडौं महानगर प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
‘उक्त भवन सार्वजनिक जग्गामा निर्माण गरिएको रहेछ,’ उनले भने, 'बागमती सभ्यता एकीकृत विकास समितिले हामीसँग सहयोग मागेकाले हामीले सहयोग गरेका हौं।'
उक्त भवनमा ओम शान्ति नामक संस्थाले बिहान-बेलुका मानिसहरूलाई खाना खुवाउने काम पनि गर्थ्यो।
दसैंअघि विभिन्न अवैध संरचना भत्काएको काठमाडौं महानगरले दसैंपछि शुक्रबार पहिलो पटक अवैध संरचना भत्काउन डोजरले चलाएको हो।