१०३ वर्षीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीरलाई किष्ट अस्पताल परिसरमा राखिएको छ।
किष्ट अस्पतालका चिकित्सक, नर्स, कर्मचारी लगायतले श्रद्धाञ्जली दिन केहीबेर अस्पताल परिसरमा शवलाई राख्न लागिएको हो।
सुरूमा परिवारका सदस्यहरूले श्रद्धाञ्जली दिएपछि शवलाई अस्पताल परिसरमा राखिएको हो। त्यहाँ श्रद्धाञ्जली दिने कार्यक्रम सकेपछि शवलाई ललितपुर महानगरपालिका परिसरमा ल्याइनेछ।
त्यहाँ श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री शेरबहादुर देउवा समेत आउने कार्यक्रम छ।
यहाँ भने सर्वसाधरणले पनि श्रद्धाञ्जली अर्पण गर्न पाइने अस्पताल प्रशासनले जनाएको छ।
शवलाई जोशीकै इच्छाअनुसार नजलाइने निर्णय भएको छ। बिहान परिवार र अस्पताल प्रशासनबीच भएको छलफलमा उनको शवलाई अस्पतालले संरक्षण गरेर राख्ने भएको हो।
महानगर परिसरमा अपराह्न ४ बजेसम्म राखेपछि पुन: अस्पतालमै फिर्ता लगिनेछ।
उनको आइतबार बिहान ७ बजेर ९ मिनेट जाँदा निधन भएको हो।
तस्बिरहरू: