यति बेला तिहार नजिकिएको छ। तिहारमा गरिने हरेक पूजामा फूलको विशेष प्रयोग हुने भएकाले तिहारलाई फूलैफूलको पर्व पनि भनिन्छ।
तिहारमा सयपत्री, मखमली, गोदावरी लगायत फूलको विशेष माग हुने भएकाले पनि किसानहरू यसको खेतीमा लागि पर्छन्।
भक्तपुरको गुण्डुमा किसानहरूले सयपत्रीसँगै मखमलीको व्यावसायिक खेती गर्दै आएका छन्। मखमली चाँडै नबिग्रिने भएकाले यहाँका किसानहरू अहिल्यैदेखि मखमली टिप्न र माला बुन्न व्यस्त भइसके।
बिहानै बारीभरि फूलेका मखमली टिप्दै गरेको किसानहरू यसबाट हुने आम्दानीले सन्तुष्ट भएको बताउँछन्।
फूल रोप्ने, टिप्ने र माला उन्ने सम्मको काम गरेपछि व्यापारीहरू घरघरै ती फूल-माला किन्न पुग्ने स्थानीयले बताए। राम्रो आम्दानी हुने देखेपछि स्थानीय किसानहरू फूलको सिजनमा अरू खेती खासै गर्दैनन्।
यो समय मखमलीकै मौसम हो।
तस्बिरमा हेर्नुहोस् मखमली बगैंचाः