तिहारले लगभग नेपालीहरूलाई छोपिसकेको छ। बजारमा किनमेल गर्नेदेखि घर, पसल सजावटको काममा मानिसहरू व्यस्त छन्।
हर्ष र उल्लासको पर्व तिहार ५ दिनसम्म मनाइन्छ। तिहारलाई झिलिमिली बत्तीको पर्व, दिपावली पनि भनिन्छ।
तिहार ढोकैमा आइसक्दा काठमाडौका विभिन्न व्यापारिक केन्द्र, घर, टोलमा झिलिमिली देखिन थालिसकेको छ।
काठमाडौंको न्यूरोड र आसपासको क्षेत्रमा तिहारले छोपिसकेको आभास हुन्छ। व्यापारिक केन्द्र अनि मानिसहरूको चहलपहलबीचको झिलिमिली बत्तीले न्यूरोड मनोरम देखिएको छ।
साँझमा यो क्षेत्रमा मानिसहरू रमाइरहेका देखिन्थे। केही सेल्फी खिच्न त केही टिकटक भिडिओ बनाउन व्यस्त थिए।
हेरौं झिलिमिली साँझका केही तस्बिरः