आजदेखि तिहार सुरू भएको छ। आज घरघरमा काग तिहार मनाइँदैछ।
तिहारमा हरेक दिन विभिन्न पूजा गरिन्छ। तिहारमा हुने पूजामा फूलको विशेष प्रयोग हुन्छ। त्यसैले पनि तिहारलाई फूलै फूलको पर्व पनि भन्ने गरिन्छ।
तिहारमा फूलको खपत धेरै हुने भएपछि किसानहरूले फूलको व्यवसायिक खेती नै गर्छन्।
काठमाडौं उपत्यका वरपर पनि फूलको व्यवसायिक खेती हुने गरेको छ।
काठमाडौंको इचंगु बतासेडाँडाँ लगायतका क्षेत्रमा फूल खेती हुने गरेको छ। यसपालि पानी धेरै परेकाले फूल खेती राम्रो नभएको किसानको गुनासो छ।
किसानहरू तिहारमा बिक्रीका लागि हिजोआज फूल टिप्न व्यस्त छन्। तिहारमा फूलका मालाको प्रयोग बढी हुने गर्छ। केही किसानका बारीसम्मै फूल खोज्दै ग्राहक पुग्ने गरेका छन्।
तस्बिरहरू: