आज खण्डग्रास (थोरै सूर्य ढाक्ने) सूर्यग्रहण लागेको छ।
अपरान्ह ४ बजेर ५२ मिनेटमा सूर्यलाई ग्रहणले छोएको थियो। ३२ मिनेटपछि बेलुका ५ बजेर २४ मिनेटमा ग्रहण हटेको थियो।
ग्रहणले सूर्यलाई छोपेको नेपालबाट पनि देखिएको थियो। संघीय राजधानी काठमाडौंबाट हेर्दा यस्तो देखियो आजको सूर्यग्रहण: