नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ। टीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा भए पनि दाजुभाइहरूले दिदीबहिनीबाट टीका ग्रहण गर्न सुरू गरिसकेका छन्।
आफ्ना दाजुभाइ र दिदीबहिनी नहुनेहरूले काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा टीका लगएका छन्। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। बिहीबार बिहानैदेखि बालगोपालेश्वर मन्दिर भक्तजनका लागि खुला गरिएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।
हेर्नुस् तस्बिरहरू: