छठ मनाउन काठमाडौंको कमलपोखरी सजाउन थालिएको छ।
आइतबार परेको छठ पर्व मनाउन भक्तजनहरूले शनिबार कमलपोखरी सजाउन थालेका हुन्।
कमलपोखरीमा छठी देविको मूर्ति पनि राखिएको छ। यस्तै पोखरीका संरचनामा रंगरोगन तथा बत्तीले सजाइएको छ।
निष्ठापूर्वक ४ दिनसम्म मनाइने छठ पर्व भोलि (सोमबार) ‘नहाय खाए’ विधिबाट सुरू गरिन्छ।
छठ पर्व अत्यन्तै निष्ठापूर्वक मनाइने भएकाले यसलाई सबैभन्दा कठोर पर्वको रूपमा समेत लिने गरिएको छ।
यस पर्वमा व्रतालुले पहिलो दिन ‘नहायखाए’ गर्छन् भने दोस्रो दिन खरना, तेस्रो दिन डुब्दै गरेको र चौंथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिने चलन छ।
तस्बिरहरू: