सोमालियामा कार बम विष्फोट हुँदा सय जनाको मृत्यु भएको छ भने ३ सय जना घाइते भएका छन्।
सोमालियाको राजधानी मोगदिसुस्थित शिक्षा मन्त्रायलय रहेको स्थानमा शनिबार राति बम बिस्फोट भएको अलजजिराले जनाएको छ।
घटनाको जिम्मेवारी हालसम्मै कसैले पनि लिएको छैन। राष्ट्रपति हसन शेख मोहम्मदले इश्लामी समूह अल सहबाबले बिस्फोट गराएको आरोप लगाएका छन्।
घटनास्थलमा पुगेका राष्ट्रपति मोहम्मदले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्। सन् २०१७ को अक्टोबर २९ मा त्यही स्थानमा बम बिस्फोट हुँदा पाँच सय जनाको मृत्यु भएको थियो।