काठमाडौंको बीच भाग भएर बग्ने बागमती नदी शहरको ढल र फोहोर मिसिएको कारण अत्यधिक फोहोर देखिन्छ।
ढल मिसिएको धमिलो बाक्लो पानीमा सोमबार दिउँसो केही मानिसहरू बल्छी थापेर माछा मारिरहेका थिए।
बल्छीमा भक्तपुरको कुनै खोल्साबाट ल्याएको साना भ्यागुता अल्झाएर माछा मारिरहेको मानिसहरुले निकै बेरपछि एउटा माछा बल्छीमा पारे।
झन्डै आधा किलोको माछा बल्छिमा परेपछि खुशी हुँदै झोलामा राखे।
झन्डै एक दर्जन मानिस बागमतिमा यसरी नै माछा खोजी रहेको देखिन्थ्यो। जाडो यामको पारिलो घाममा उनीहरुले बल्छी थाप्दै थिए।
हेर्नुहोस् केही तस्बिरहरू