चन्द्रग्रहण लागेको छ।
नेपाली पञ्चाङ्गअनुसार आज अर्थात् कात्तिक २२ गते मंगलबार साँझ ५:११ मा सुरू भएको ग्रहण बेलुका ६:३४ मा समाप्त भएको छ। अग्नि तत्वीय राशि मेष तथा भरणी नक्षत्रमा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्नेछ।
आकाश सफा भएका ठाउँबाट आजको चन्द्र ग्रहण देखिएको छ। सूर्य र चन्द्रमाबीच पृथ्वी आएर देखिने चन्द्रग्रहण दक्षिण अमेरिका, युरोप, एसिया, अस्टेलियाबाट समेत देखिन्छ। जब चन्द्रमा पृथ्वीको छायाँबाट गुज्रिन्छ तब ग्रहण लाग्ने गर्छ।
ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ।
हेर्नुहोस् काठमाडौंको आकाशबाट यस्तो देखियो चन्द्र ग्रहण