काठमाडौंको तीनकुनेस्थित सडकमा पानी भरिएपछि सवारी साधन आवागमनमा समस्या भएको छ।
मेलम्ची खानेपानी आयोजनाको पाइपमा पानी पठाएर परीक्षण गर्ने क्रममा सडकमा पानी जम्मा भएको हो।
मेलम्ची खानेपानी आयोजनाबाट हिजोआज पानी ल्याइएको छैन। तर उक्त आयोजनाको पानी वितरणका लागि पाइपलाइन विस्तार तथा परीक्षणका काम भइरहेका छन्।
बागमतीको पानी राखेर पाइप परीक्षण गर्ने क्रममा आज दिउँसो सडकमा पानी संकलन हुँदा सवारी आवागमनमा समस्या भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ।
तीनकुनेस्थित न्यौपाने टावरको पुलमुनि सडकमा पानी संकलन भएपछि सवारी साधन सञ्चालनमा समस्या भएको थियो।
तस्बिरहरू: