काठमाडौं महानगरपालिकाले सिनामंगल क्षेत्रमा रूख कटान गरेको छ।
आज बिहान महानगरबाट खटिएको टोलीले जोखिमयुक्त रूख कटान गरेका हुन्।
बिजुलीका तार अवरोध गर्ने रूख र हाँगा कटान गरिएको महानगरले जानकारी दिएको छ।
नगर प्रहरी निरीक्षक प्रकाश पण्डितले जोखिमयुक्त रूख कटान गरिएको सेतोपाटीलाई बताए।
‘वडा र विद्युत प्राधिकरणको आग्रहमा जोखिमयुक्त रूख र हाँगा कटान गरिएको छ। जरा कमजोर भएका रूख जुनसुकै बेला ढलेर मानविय र भौतिक क्षति हुन सक्ने भएकोले रूख कटान गर्नुपरेको हो,’ उनले भने।
बिजुलीका तारमा रूखका हाँगाले छुँदा अवरोध हुने गरेको पाइएपछि रूख कटान गरिएको हो।
कटान गरिएका रूख र हाँगा महानगरको वातावरण विभागले व्यवस्थापन गरेको छ।
महानगरले आजै कालिमाटी क्षेत्रमा पनि रूख र हाँगा कटान गरेको छ।
तस्बिरहरू: