काठमाडौंको बागमती किनारमा बसोबास गर्दै आएका सुकुम्बासी बस्ती खाली गर्न भन्दै बागमती सभ्यता सर्वाधिकार सम्पन्न समितिले सूचना जारी गरेपछि प्रदर्शन भएको छ।
१० दिनभित्र बस्ती हटाउन भन्दै समितिले सूचना जारी गरेको थियो। त्यसरी उठिबास लगाउन लागेको भन्दै सुकुम्बासी बस्तीका मानिसहरूले आन्दोलन गरेका हुन्।
उनीहरू बिहीबार दिउँसो १२ बजे माइतीघर मण्डलमा भेला भेला भएका थिए। त्यहाँबाट उनीहरू बानेश्वरतर्फ लागेका हुन्। नागरिक समाजले पनि उक्त आन्दोलनलाई समर्थन गरेको छ।
आन्दोलनमा ५ हजार बढी सुकुम्बासीहरू सहभागी भएको अभियानकर्ताले बताएका छन्।
तस्बिरहरू: