संयुक्त राष्ट्रसंघको लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको दोस्रो दिन काठमाडौंमा लैंगिक हिंसाविरूद्ध वाकाथन सम्पन्न भएको छ।
जोन्टा क्लब अफ काठमाण्डूले काठमाडौंको दरबारमार्गबाट निकालेको वाकाथनमा सयौं मानिसहरूको सहभागिता रहेको थियो।
महिला तथा बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि सक्रियता प्रवर्द्धन गर्न वाकाथनको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ।
बसन्तपुर दरबार स्क्वायरमा पुगेर कोण सभामा परिणत भएको वकाथनमा कथा घेराले लैंगिक हिंसाविरूद्ध सशक्त सन्देश सहितको नाटक प्रस्तुत गरेर कार्यक्रमको समापन भएको थियो।
तस्बिरहरू: