काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा महानगरले डोजर चलाउने भएपछि स्थानीयले आ-आफ्ना सामान घरबाहिर निकालेका छन्।
काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनाइएका भौतिक संरचनाहरु हटाउने अभियान अन्तर्गत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरू गरेको हो। तर, सो बस्तीमा मानिसहरुले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रर्दशन गरिरहेका छन्। डोजरको प्रतिकार गर्न इट्टासमेत प्रहार भईरहेको छ ।
अहिले पनि त्यस क्षेत्र तनावग्रस्त छ । स्थानीयले प्रतिकार गर्न प्रर्दशनलाई निरन्तरता दिएका हुन । काठमाडौं महानगरपालिकाले यस अघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएको टहरा हटाउन निर्देशन दिएको थियो। यता, प्रर्दशनकारीहरुले भने विकल्प नभई नदिई आफूहरु सो बस्तीबाट नहटने जिकीर गरिरहेका छन । उनीहरुले डोजर चलाउने डरले आफूहरुको सामानभने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन्।
हेर्नुहोस् तस्बिरहरू