ललितपुर महानगरपालिकाले आफ्नो स्थापनाको १०४ औं वर्ष प्रवेशको अवसरमा फोटो प्रदर्शनीको आयोजना गरेको छ।
ललितपुर नगर प्रहरीको संयोजनमा आयोजित फोटो प्रदर्शनीको मेयर चिरीबाबु महर्जनले शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरेका छन्।
पाटन दरबार परिसरमा २ दिनसम्म चल्ने फोटो प्रदर्शनीमा ललितपुर महानगरपालिका भित्र नगर प्रहरीले गरेका कामहरू पहिले र अहिले गरेर राखिएको छ।
फोटो प्रदर्शनीको उद्घाटन गर्दै नगरप्रमुख चिरीबाबु महर्जनले नगरप्रहरीले गरेका कामका कारण ललितपुर सफा सन्दुर र व्यवस्थित भएको बताए।
उनले भने्, ‘नगर प्रहरीको टिमलाई म विशेष धन्यवाद दिन्छु, उहाँहरु सहरलाई सुन्दर र व्यवस्थित बनाउन थप मिहिनेत गर्दै अघि बढ्नुहुनेछ।’
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ललितपुर महानगरलाई समृद्ध बनाउन नगरप्रहरीको भूमिका महत्वपूर्ण भएको बताइन्।
कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, २९ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यको उपस्थिति थियो ।
हेर्नुहोस् तस्बिरहरू