भिरबाट खसेर तनहुँको बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको मृत्यु भएको छ।
धमिलीकुवा सामुदायिक वनको भिरबाट शनिबार खसेर अर्जेलको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।
घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
भारतीय नागरिकको मृत्यु
शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा ५८ वर्षीय राम सुरतको मृत्यु भएको छ।
भारतको उत्तरप्रदेश जगदीशपुर बलिहरी कबिर नगर घर भई बेलचौतारामा बस्दै आएका उनी बिरामी थिए।
उनको जिपी कोइराला अस्पतालमा उपचारका क्रममा शनिबार बेलुकी १०ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।