भारतको झारखण्ड राज्यको एउटा अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १५ जनाको ज्यान गएको छ।
स्थानीय प्रहरीका अनुसार आगो निभाउने र उद्धार कार्य जारी छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार धनवाद सहरस्थित आशीर्वाद अपार्टमेन्टमा आगो लागेको थियो। आगलागीमा परेर अहिलेसम्म ११ जना महिला, दुई बालबालिका र अर्का एक जना पुरूषको शव फेलापरेको छ।
धेरै मानिस आगो लागेको अपार्टमेन्टमा फसिरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक जानकारीअनुसार एउटा घरमा पूजा भइरहेको थियो। त्यसैबाट अपार्टमेन्टमा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन्। तर त्यसको एकीन कारण र विवरणहरू प्रहरीले संकलन गरिरहेको जनाएको छ।
मंगलबार राति त्यो अपार्टमेन्टमा आगो सल्किएको थियो। लगत्तै उद्धारकर्मीहरू त्यहाँ पुगेका थिए।
दुर्घटनाको जानकारी दिँदै मुख्यमन्त्री हेमन्त सोरनले धनबादको आशिर्वाद टावर अपार्टमेन्टमा आगलागीमा परी ज्यान गुमाउनेको ज्यान निकै पीडादायी भएको बताएका छन्।
‘जिल्ला प्रशासनले युद्धस्तरमा काम गरिरहेको र दुर्घटनामा घाइते भएकाको उपचार भइरहेको छ। म आफैंले सम्पूर्ण मामिला हेरिरहेको छु’, उनले भने, ‘धनबादको आशिर्वाद टावर अपार्टमेन्टमा आगलागी हुँदा मानिसको मृत्यु अत्यन्तै हृदयविदारक छ। जिल्ला प्रशासनले युद्धस्तरमा काम गरिरहेको र दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ। म आफैंले सम्पूर्ण मामिला हेरिरहेको छु।’