ग्याल्पो ल्होसारको तेस्रो दिन आज हुम्लाको न्हिन्बा समुदायले काठमाडौंको बौद्धमा धुमधामका साथ ल्होसार मनाएका छन्।
अल्पसंख्यक न्हिन्बा समुदायका मानिसहरू आफ्नो समुदायको पहिरनमा सजिएर बौद्ध स्तुप परिक्रमा गर्दै पूजापाठ गरी ल्होसार मनाएका हुन्।
न्हिन्बा समुदायले आफ्नो परम्परा अनुसार तीन दिनदेखि एक हप्तासम्म ल्होसार मनाउने गर्दछ।
गुम्बा स्तुपमा सामूहिक पूजापाठपछि आ-आफ्नो घर/समुदायमा भेला भई मिठा परिकारसँगै ल्होसार मनाउने गर्दछन्। ल्होसारको अवसरमा यसरी बौद्ध स्तुपा गुम्बामा पूजापाठ कोर्वा गर्दा आफ्नो मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।
काठमाडौं वरपर बस्ने यो समुदायले बौद्ध स्तुपमा आफ्नो परम्परा अनुसार ल्होसारको पूजापाठ गरिरहँदा देखिएको केही तस्बिरहरू: