तोरी खेती भइरहेका देशका विभिन्न ठाउँमा अहिले बारीमा तोरी फूलेको देखिन्छ। ललितपुरको खोकना तोरीको तेलका लागि ख्याति कमाएको ठाउँ हो। खोकना, बुङ्गमतीसँगै काठमाडौंको फर्फिङ क्षेत्रका बारीमा अहिले तोरी फूलेर पहेँलपुर भएको देखिन्छ।
तोरी फूलेका बारीमा किसानहरूले काम गरिरहेको दृश्य निकै सुन्दर देखिन्छ। हेर्नुस् केही तस्बिरहरू: