ओखलढुंगामा एक वृद्ध दम्पतीको शव फेला परेको छ।
मोलुङ गाउँपालिका–२ लामिडाँडा निवासी ७० वर्षीय हेमप्रसाद दाहाल र उनकी ६९ वर्षकी श्रीमती बेदुका घर नजिकैका रूखमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी प्रमुख निरीक्षक देवेन्द्र दासले जानकारी दिए।
सो घटनाबारे थप अनुसन्धान भइरहेको निरीक्षक दासको भनाइ छ।