बर्दिबासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म मिटरब्याजविरूद्ध पीडितहरूले मार्च गरेका छन्।
११ दिन हिँडेर उनीहरू काठमाडौं आइपुगेका हुन्।
मिटरब्याजविरूद्धको संघर्ष समितिले आयोजना गरेको मार्चमा पीडितहरूले विभिन्न प्लेकार्ड बोकेका छन्।
तमसुक व्यवस्थम खारेज गर, मिटरब्याजीलाई खारेज गर, मिटर ब्याजीको अवैध सम्पत्ति छानबिन गर, झूटा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गरलगायत माग राखेर उनीहरू काठमाडौं आइपुगेका हुन्।
उनीहरू खुलामञ्च जाने बताइएको छ।
यसैबीच, जनमत पार्टीका अध्यक्ष सिके राउतले मिटरब्याजी पीडितहरूलाई भेटेर न्याय दिलाउने बताएका छन्।
११ दिन हिँडेर काठमाडौंको मातातीर्थ आएका मधेसका विभिन्न जिल्लाका मिटरब्याजी पीडितहरूलाई भेटेर राउतले समस्या समाधानका लागि सरकारसँग पनि कुराकानी गर्ने बताए।
यो पनि: 'कानुन बनाउन' ११ दिन हिँडेर काठमाडौं आएकाहरू (भिडिओ)