आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू भएको छ।
आज अपराह्न ४ बजेदेखि मच्छिन्द्र बहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा भएको हो।
त्यस्तै आज नै ५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा भएको छ।
चैत १६ गते ५ बजेदेखि ६ः३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोकासम्म रथ यात्रा हुनेछ भने १७ गते ४ बजेदेखि ६ः३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ।
त्यस्तै, चैत १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेंडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहालसम्म रथयात्रा हुने कार्यक्रम छ।