बृहत् नागरिक आन्दोलनले संघीय मार्च गरेको छ।
प्रदेशको नाम कोशी खारेजीको माग गर्दै शुक्रबार बृहत् नागरिक आन्दोलन र किराँत याक्थुङ चुम्लुङ ललितपुर, लिम्बू विद्यार्थी मञ्च केन्द्रीय कार्य समितिले संयुक्त रूपमा मार्च गरेका हुन्।
उनीहरूले माइतीघर मण्डलादेखि बानेश्वरसम्म मार्च गरेका थिए।
पहिचानवादीहरू एक होऔं, प्रदेशको नाम कोशी खारेजीको माग र आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूलाई सहिद घोषणा माग गर्दै उनीहरूले आन्दोलन गरेका हुन्।
तस्बिरहरू: