ल्यारिङगोलोजी एण्ड थाइरोइड एसोसियएसनको आयोजनामा थाइरोइड क्यान्सरको उपचार सम्बन्धि दुईदिने विशेष कार्यक्रम हुदैछ।
थाइरोइड क्यान्सरको पहिचान,निदान र रोकथामका लागि कार्यक्रम गर्न लागिएको एसोसियसनका सदस्य एवम् त्रिवि शिक्षण अस्पतालका नाक,कान घाटी रोग विशेषज्ञ डा कुञ्जन आचार्यले सेतोपाटीलाई बाताए।
कार्यक्रमका लागि भारत र नेदरल्याणबाट समेत चिकित्सकहरु नेपाल आएका छन्।
शनिबार वीर अस्पतालमा थाइरोइड क्यान्सरको अपरेशनबारे जानकारी गराउने र अपरेशन गरेको प्रत्यक्ष प्रसारण समेत गरिनेछ।
चिकित्सक र अन्य स्वास्थ्यकर्मी गरी ७० जनाले प्रत्यक्ष प्रसारण मार्फत जानकारी लिनेछन्।आइतबार नेपाल मेडिसिटि अस्पताल ललितपुरमा थाइरोइड क्यान्सरबारे अन्तरक्रिया र समुह छलफल हुनेछ।
थाइरोइड क्यान्सर र स्वर सम्बन्धि समस्याको पहिचान,निदान र रोकथामका लागि विभिन्न जनचेतनामुलुक कामहरु गर्नको लागि शुक्रवार मात्र ल्यारिङगोलोजी एण्ड थाइरोइड एसोसियएसनको स्थापना भएको हो।