काठमाडौं महानगरपालिकाले ५१ जना कार्यालय सहयोगी माग गरेको छ।
सोमबार सूचना जारी गर्दै महानगरले करार सेवाका लागि ५१ जना कार्यालय सहयोगी माग गरेको हो।
काठमाडौं महनगरपालिकामा कायम रहेको खाली दरबन्दीमा कार्यालय सहयोगी पद करारमा पूर्ति गर्न दरखास्त आह्वान गरिएको महानगरले जनाएको छ।
पुरूषको हकमा ३५ वर्ष र महिलाको हकमा ४० वर्ष ननाघेकोले मात्र आवेदन दिन सक्ने महानगरले जनाएको छ। यस्तै आवेदकले न्यूनतम कक्षा १० उत्तीर्ण गरेको हुन पर्ने सूचनामा उल्लेख छ।
त्यस्तै तोकिएको योग्यता पुगेका उम्मेदवारहरूले काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाको वेबसाइट kathmandu.gov.np मा रहेको 'कार्यालय सहयोगी अनलाइन दरखास्त प्रणाली' मार्फतमात्र आवेदन दिन सक्नेछन्। आवेदन आगामी वैशाख २६ गतेसम्म खुला रहने महानगरले जनाएको छ।