बर्दियाको बबई नदीमा महिलाको शव फेला परेको छ।
मंगलबार बिहान १० बजे गुलरिया नगरपालिका-४ जब्दीघाट स्थित बबई (भादा) नदीमा सडेगलेको अवस्थामा एक महिलाको शव फेला परेको हो।
अन्दाजी ३०-३५ वर्षीया ती महिलाको पहिचान खुल्न नसकेको जिल्ला सूचना अधिकारी डिएसपी हिक्मतबहादुर बोहोराले जानकारी दिए।
शव पोष्टमर्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ।
मृतकले गुलाबी रङको कुर्ता सुरूवाल, घाँटीमा गुलाबी रंङको दोपट्टा, घाँटीमा पहेँलो धातुको जस्तो सिक्री, कानमा पहेँलो धातुको रिङ र रातो रङको टप, चोर औंलामा रातो रङको औंठी लगाएकी थिइन्। शव गलिसकेको हुँदा पहिचन गर्न पनि कठिन रहेको डिएसपी बोहराले बताए।
अन्दाजी पाँच फिट उचाइकी उनको पहिचानका लागि प्रहरीले सबैमा आग्रह गरेको छ। शव हेर्दा झन्डै एक महिना पहिले उनको मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीको छ। ती महिलाको मृत्यु के कारणले भयो भन्ने अनुमान गर्न कठिन रहेको तथा पोष्टमार्टम पछि मात्रै भन्न सहज हुने प्रहरीले जनाएको छ।