बर्दिया प्रहरीले लागु औषध मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ पछि सार्वजनिक गरेको छ।
गुलरिया नगरपालिका वडा नं. ५ का सुशिल थापा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
जिल्ला अदालत बर्दियाले वैशाख ७ गते प्रतिबन्धित लागु औषध मुद्दामा दोषी ठहर गर्दै थापालाई ९ महिला काराबास सजाय तोकेको थियो।
त्यसयता लुकिछिपी बस्दै आएका थापालाई आफ्नै घरमा लुकिछिपी बस्दै आएको सुचनाका आधारमा सोमबार बेलुका घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ।
मंगलबार थापालाई अदालतमा पेश गरिएको अदालतको आदेशले तोकिएको सजाय भुक्तान गर्नका लागि कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ।