सर्लाहीमा स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन्।
मलंगवा नगरपालिका-८ भन्सार सीमा इलाकाबाट ३ लाख २० हजार नगदसहित एक जनालाई सशस्त्र प्रहरी बलले पक्राउ गरेको हो।
भारतका २७ वर्षीय राकेशकुमार तिवारीलाई सीमा सुरक्षा गुल्म मलंगवाबाट खटिएको टोलीले मंगलबार पक्राउ गरेको हो।
बिआर ३० ए ए ३४५५ नम्बरको मोटरसाइकलमा सवार उनीबाट उक्त रकम फेला परेको हो।
उनलाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ।