सर्लाहीमा स्रोत नखुलेको बढी नगदसहित तीन जना पक्राउ परेका छन्।
बुधबार सशस्त्र प्रहरी बल नम्बर १० गणबाट खटिएको टोलीले कविलासी नगरपालिका-८ अगर्वाबाट तीन जनालाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
हरिवन नगरपालिका-११ बस्ने ४५ वर्षीय गान्धी साह सोनार, रूपन्देहीका ३५ वर्षीय राजेश बानियाँ र भारत घर भई वीरगंज महानगरपालिका-१९ बस्ने १९ वर्षीय अनिल साहलाई पक्राउ गरेको हो।
उनीहरूबाट पाँच लाख भारतीय नगद र ५ लाख नेपाली नगद बरामद गरेको हो।
तीनै जनालाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको सशस्त्र प्रहरी बलले जनाएको छ।