दाङमा १६ वर्षीया छात्रामाथि बलात्कार भएको जाहेरी परेपछि शिक्षक फरार भएका छन्।
शान्तिनगर गाउँपालिका वडा नं. ७ का ३५ वर्षीय शिक्षक खुमानन्द पौडेल फरार भएका हुन्। उनी स्थानीय शिवशक्ति मावि धनौरीका शिक्षक हुन्।
सोही विद्यालयमा अध्यनरत विद्यार्थी छात्रावासमा बस्थिइन्। गत चैत २० गते राति बलात्कार गरेको भन्दै शिक्षक पौडेलविरूद्ध इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी परेको डिएसपी पुष्पराज मल्लले जानकारी दिए।
घटनाको भोलिपल्ट पीडित छात्राले आफ्ना अभिभावकसहित इप्रका तुलसीपुर पुगेर शिक्षक पौडेलविरूद्ध किटानी जाहेरी दिएकी थिइन्।
आरोपित शिक्षक भने फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।